सोमबार, ०३ कात्तिक २०८२

तोलामा ४ हजार ८०० ले घट्याे सुनको मूल्य


काठमाडौँ। सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको छ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ