बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सरकारले काम नगरेकाे भन्दै जेनजीले गरे आन्दाेलन घाेषणा
शुक्रबार, २२ जेठ २०८३

सरकारले काम नगरेकाे भन्दै जेनजीले गरे आन्दाेलन घाेषणा


काठमाडौं । जेनजी आन्दाेलनकै बलमा बनेकाे सरकारले काम नगरेकाे भन्दै जेनजीकै एउटा समुहले सरकारविरुद्ध आन्दाेलन घाेषणा गरेकाे छ । 

सरकारले एकसय  दिन पार गरेकाे अवसरमा मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा गरेको हाे ।

आइतबार एक कार्यक्रम गर्दै उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।

ढुंगानाले साेमबार ११ बजे माइतीघरमा भेला हुन जेनजीलाई आव्हान गरेका छ्न् ।

भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको भनाई छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनले बताए ।

कार्की सरकारले जेन-जी आन्दोलनको मर्म नबोकेको र समग्र युवाको नेृतृत्व नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको माग समेत गरे ।

ढु‌ंगानाकै समुहले केही दिन अघि सरकारकाे विराेधमा सिंहदरबार अगाडी प्रदर्शन समेत गरेकाे  थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ