शुक्रबार, २६ भदौ २०८३

महाधिवेशनकाे मिति सर्दैन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन नसर्ने बताएका छन्।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस कार्यकर्तालाई महाधिवेशनको तिथि मिति कहीँ कतै सर्छ कि भनेर अलमलमा नपर्न आग्रह गरे ।

केही दिनमा कांग्रेसको अधिवेशन प्रारम्भ हुने जानकारी दिँदै असोज ३ र ४ गतेबाट वडा अधिवेशन हुने बताए। 'असोजको १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाए। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन १ घण्टा पनि सर्दैन। अलमल नपर्नुहोला ।’ उनले भने ।

महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरेको भन्दै सबैले भाग लिने विश्वास व्यक्त गरे। महाधिवेशनलगत्तै पार्टीपंक्ति जनतासँग सम्बन्ध जोड्न देश दौडाहमा निस्किने उनको भनाइ छ ।

 ‘महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित्ने साथीहरू नेतृत्वमा रहनुहुन्छ। जिम्मेवारीमा नआउने साथीहरूलाई पनि साथ लिएर नागरिकहरूसँगको विश्वास जोड्न हामी ७७ जिल्ला पुग्छौँ ।’ उनले भने ।

आफू गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले कहाँ जोखिम उठाउनुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ