शनिबार, १० साउन २०८२

समानुपातिक सांसद बन्दा लागेको ऋण तिर्न बेलायत भासिएकी हुन् गीता गुरुङ


काठमाडौं ।  जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएकी छिन् ।

समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्ने भाषा राजीनामा पत्रमा लेखेकी छन् ।

संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता पार्टीको सम्पर्कमा थिइनन् । उनी निकट स्रोतका अनुसार गुरुङ बेलायत पुगीसकेकी छिन् । उतै बस्ने योजनाका साथ राजीनामा पठाएकी हुन् ।

उनी निकट स्रोतका अनुसार समानुपातिक सभासदका लागि उनले राम्रै रकम खर्च गरेकी थिइन् । साँसद भएपनि लगानी गर्ने रकम उठ्ने सम्भावना नभएपछि बेलायती भासिएकी हुन् ।

पछाडी परेका जातजातीलाई नेतृत्व तहमा स्थापित गर्नका लागि संविधानमा समानुपातिक सांसदको व्यवस्था गरिएपनि पछिल्लो समय प्राय पार्टीका लागि ‘समानुपातिक पद’ नातेदारको व्यवस्थापन गर्ने वा पैसावाल व्यक्तिसँग पैसा लिएर सांसद बनाउने काममा प्रयोग हुन थालेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ