बिहिबार, २५ मंसिर २०८२

निरजको हत्या गरेको अभियोगमा लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरीका भाइ पक्राउ


दाङ। २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पक्राउ परेका छन्।

प्रहरीले दिएकाे जानकारीअनुसार पूर्वमुख्यमन्त्रीका भाइ महावीर चाैधरी पक्राउ परेका हुन्।

उनलाई कैलालीको पैलारी गाउँपालिका-५ बाट बिहीबार बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए। उनका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।

महावीरले यही मंसिर १९ गते बिहानै बर्दियाको राजापुर-४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्ने २७ वर्षीय चौधरीलाई गोली हानी हत्या गरेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ