बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक, पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने
शुक्रबार, २२ जेठ २०८३

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक, पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने


फाइल तस्बिर

काठमाडाैँ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको हाे।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साँझ नै राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडाैँलगायत मुलुकका ठुला सहरहरुमा सार्वजनिक तथा नीजि सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।

‘आज नेता लेखकले घटनाका विषयमा जानकारी गराउन जाँचबुझ आयोगमा जाने कार्यक्रम छ’, लेखकका स्वकीय सचिव जनक भट्टले भने, ‘त्यसपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्नुहुनेछ।’

लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए। जेनजी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ