बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



पूर्व गृहमन्त्री लेखक बयानका लागि तयार
शुक्रबार, २२ जेठ २०८३

पूर्व गृहमन्त्री लेखक बयानका लागि तयार


पाटन (ललितपुर) । पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ  आयोगमा बयान दिन जाने बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उहाँले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उहाँले भने ।

भदाै २३ गते भएकाे जेनजी आन्दाेलनमा प्रहरीकाे गाेली लागेर १९ जना विद्यार्थीकाे मृत्यु भएपछि तत्कालिन गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । भिजिट भिसा प्रकरणमा पनि उनकाे नाम जाेडिएकाे छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ