- असार ०६, २०८०
काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् ।
आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेकाे त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उहाँले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए ।
उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
टिप्पणीहरू: