बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



मतदाता नामावली दर्ताका लागि पाँच दिन थप
बिहिबार, २१ जेठ २०८३

मतदाता नामावली दर्ताका लागि पाँच दिन थप


काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । 

यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थियो । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न आयोगलाई आग्रह गरेकी थिइन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँग कुराकानी गर्दै कार्कीले म्याद थपका लागि आग्रह गरेकी थिइन् ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ