- फागुन ०७, २०८१
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविधुत आयोजनाहरूमा निशुल्क शेयर माग गर्न थालिएको बताएका छन् । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
‘थुप्रै आयोजनामा फ्री शेयर माग्न थालिएको छ । आयोजनामा तोडफोड हुन थालेको छ । यसको जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ?’ कार्यक्रममा अध्यक्ष कार्कीले भने ।
उर्जा उत्पादकहरूको समस्या सेबोनले नसुनेको उनले गुनासो गरे । आईपीओ ल्याउन नपाउदा आयोजनाहरु समस्यामा परेको उनकाे भनाई थियाे ।
देशको विद्युत उत्पादन क्षमता करिब ३ हजार ७०० सय मेगावाट पुग्दा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाको क्षमता करिब ३ हजार ५० मेगावाट पुगेकाे जानकारी दिए । निजी क्षेत्रबाट करिब ५ हजार ४ यस १६ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माणाधीन रहेकाे भन्दै पिपिएको लागि आवेदन गरेको करिब ९ हजार मेगावाट रहेकाे बताए ।
निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा निजी क्षेत्रको लगानी करिब १५ खर्ब रुपैयाँ भैसकेको छ भन्दै आगामी दश वर्षमा थप ३० खर्ब रुपैयाँ लगानी गर्ने सम्भावना रहेकाे बताए । विगत २८ महिनादेखि आईपीओ र राइट सेयर हकप्रद सेयर निष्काशनमा धितोपत्र बोर्डका कारणले ढिलाई हुँदा निजी क्षेत्रका लगानीकर्तालाई निरुत्साहित भएकाे उनकाे भनाई छ।
टिप्पणीहरू: