शुक्रबार, ०९ साउन २०८२

एमाले पोलिटब्यूरो बैठक सुरु, सदस्यलाई तीन मिनेट


काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर पहिला सुरु भएको हो । 

बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेकाे पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

गाैतमका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ । बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्  । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ