- असार ०७, २०८०
काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै छ ।
प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले बिहान साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
आयोगले छलफलका लागि विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २८ दललाई निमन्त्रणा गरेकाे आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
जेनजी आन्दाेलनपछि बनेकाे सरकारले निर्वाचनकाे मिति ताेकेपछि पुराना पार्टीहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावमा केन्द्रित हुने संकेत गरेकाे छ । अर्काे प्रमुख दल नेकपा एमालेले भने प्रतिनिधि सभा पुनर्स्थापनाकाे मुद्दा उठाउने तयारी गरेकाे छ ।
प्रतिनिधी सभा पुनर्स्थापनाका लागि सभामुख देवराज घिमिरेकाे पनि दाैडधुप सुरु भएकाे छ ।
टिप्पणीहरू: