शुक्रबार, ०९ माघ २०८२

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा


काठमाडौँ। नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।

मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

यसअघि ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आ–आफ्ना पदबाट राजीनामा दिएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ