- असार ०६, २०८०
 समयआवाज संवाददाता
                                    
                                       समयआवाज संवाददाता
                                    
                                    
                                 
                               
काठमाडाैं । राजावादी समूहका आन्दाेलका कमाण्डर दुर्गा प्रसाईंले आफुलाई मार्ने याेजना बनाएपछि भागेकाे बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै उनले प्रहरीसँग माफी समेत मागेका छन् ।
आफु काठमाण्डाै कुनै मन्दिरमा सुरक्षित बसेको भन्दै उनले नभागेकाे दावी गरेका छन् ।
‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।
उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।
‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’
शुक्रबारकाे प्रदर्शनमा सहभागीलाई उत्तेजित बनाउदै प्रसाई आफै गाडी चलाएर सम्पर्कविहिन भएका थिए । प्रदर्शनकाे क्रममा एक पत्रकारसहित एक सर्वसाधारणकाे मृत्यु भएकाे थियाे ।
टिप्पणीहरू: