शनिबार, १० साउन २०८२

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाएका थिए ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित हुनुभएको छ । सचिवमा आकाश घर्ती,  रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुनुभयो भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन् ।

पार्टी नेतृत्वले चुनाव नगरी टिका लगाएर प्रतिनिधी छान्ने निति विपरित विद्यार्थीले बिद्राेह गरेपछि निर्वाचन भएकाे थियाे । अनेरास्ववियुकाे निर्वाचनमा केन्द्रिय नेताहरु नै मैदानमा उत्रिएका थिए । विद्यार्थीले आन्तरिक लाेकतन्त्र जाेगाएकाे भन्दै सामाजिक सञ्जालमा चर्चा भएकाे छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ