बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



संसद् विघटन असंवैधानिक छ, तत्काल पुनर्स्थापना आवश्यक छ: सभामुख घिमिरे
बिहिबार, २१ जेठ २०८३

संसद् विघटन असंवैधानिक छ, तत्काल पुनर्स्थापना आवश्यक छ: सभामुख घिमिरे


फाइल तस्बिर

सुरुङ्गा (झापा)। सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन्।

झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनर्स्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे।

‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,’ उनले भने। अहिलेको पहिलो आवश्यकता संसद् पुनर्स्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो।

सभामुख घिमिरेले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ