- असार ०६, २०८०
काठमाडौँ। संसद्को गतिरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले नयाँ बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गरेका हुन्।
‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।
प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
टिप्पणीहरू: