बुधबार, २७ जेठ २०८३

निर्देशक कृष्ण चापागाईंको निधन


काठमाडौँ । चलचित्र निर्देशक कृष्ण चापागाईंको हृदयघातका कारण निधन भएको छ । अमेरिकामा बस्दै आएका चापागाईकाे अमेरिकाकाे बोस्टनस्थित क्यामब्रीज हेल्थ अलाइन्स ईभिरिट अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र निर्देशक अनिल संग्रौलाले जानकारी दिए ।

काठमाडौँ, जोरपाटीका स्थायी बासिन्दा उनी डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए । पत्नी, दुई छोरी र एक छोरासहित उनी बोस्टनमा बस्थे ।

उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ ‘निखिल दाइ’लगायतका चलचित्रको लेखन, निर्देशन गरेका छन् । उनले केही समय जोरपाटीमा चापागाईं सुटिङ स्टुडियो सञ्चालन गरेका थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ