सोमबार, १९ साउन २०८२

राजेन्द्र लिङ्देनलाई धवल शमसेरकाे पत्र-गल्ती सच्याउनुस्


काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई गल्ती सच्याउन आग्रह गर्दै पत्र लेखेका छन् । राणाले  आइतबार पत्र पठाउँदै विधान मिचेर स्वेच्छाचारी ढंगले अघि बढ्ने गल्ती सच्याउन भनेका हुन्।   

‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दु:खद र निन्दनीय छ,' उनले भनेका छन्, 'पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ।’ 

फरक मत विचार एवं अभिव्यक्ति स्वतन्त्रतालगायतका वैयक्तिक स्वतन्त्रता नागरिककाे संविधानप्रदत्त माैलिक हक भएकाे भन्दै शान्तिपूर्ण निकासकाे खाेजी गर्न आग्रह गरेका छन् ।

यस्ताे छ पत्र

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ