- असार ०६, २०८०
काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताए।
‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु।’ उनले भने।
लिखित सम्बाेधन गरेका देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन रहेको धारणा राखे। सरकारले निर्वाचनको लागि वातावरण बनाउन सक्नुपर्ने उनकाे भनाई थियाे।
सुरक्षा निकाय मनोबल गिरेर निरिह भएकाे भन्दै उनले निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन सरकारले ध्यान दिनु पर्ने धारणा राखे।
टिप्पणीहरू: