- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसको घर झगडा साम्य हुने संकेत देखिएको छ । विशेष महाधिवेशन मार्फत पार्टी सभापति बनेका गगन थापालाई अस्वीकार गर्ने अभिव्यक्ति दिँदै आएका देउवा समुहकै कतिपय नेताहरुले पार्टी जोगाउनु पर्ने अभिव्यक्ति दिएपछि पूर्वसभापति शेरबहादुर देउवाले गगनलाई सभापति स्वीकार गरेका छन् ।
सभापति थापाले उम्मेदवार छनौटमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने अभिव्यक्ति दिए लगत्तै देउवा समुह समेत उम्मेदवार भागबण्डामा जुटेका छन् ।
देउवा समुहमै रहेका डा. शेखर कोइराला समुहले शनिबार छुट्टै भेला राखेर निर्वाचनलाई सफल बनाउन आग्रह गरे लगत्तै देउवा गगनलाई स्वीकार्न वाध्य भएका छन् ।
अहिले नेपाली कांग्रेस सहमतिमै उमेदवार छनोटमा जुटेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षसँग यति बेला काठमाडौंको महाराजगन्जमा उम्मेदवार छनौटको विषयमा छलफलमा छ ।
मिलेर उम्मेदवारी दिने र अदालतको आदेशलाई मानेर जाने सहमति भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगिसकेकाले त्यहाँको आदेश मानेर जाने समझदारी बनेको ति केन्द्रीय सदस्यको भनाई छ ।
टिप्पणीहरू: