बिहिबार, १० वैशाख २०८३

सरकारविरुद्ध विद्यार्थीकाे प्रदर्शन


काठमाडौं । विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट नदिएकाे, मह‌ंगी बढेकाेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका विद्यार्थीले सरकारविरुद्ध नारा लेखेकाे प्लेकार्ड बाेकेर प्रदर्शन गरेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ