- असार ०७, २०८०
काठमाडौँ। मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले ०६४ सालपछि सबै गृहमन्त्रीका विषयमा छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
भिजिट भिसा प्रकरणमा बहालवाला गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै उनीहरूले २०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्न प्रस्ताव गरेका हुन्।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको छलफलले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने र सधैँका लागि समस्या समाधाना हुने गरी काम गर्ने प्रस्ताव गरिएको हो।
उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पछि हालसम्मका गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने प्रस्ताव गरेको छ।
यदि समिति बनाएर छानबिन गर्ने हो भने रबि लामिछाने, नारायणकाजी श्रेष्ठ, बालकृष्ण खाँण, रामबहादुर थापा बादल, जनार्दन शर्मा, बिमलेन्द्र निधी, शक्तिबहादुर बस्नेत, माधवप्रसाद घिमिरे, विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र भीमबहादुर रावल छानबिनको दायरामा आउनेछन्।
टिप्पणीहरू: