सोमबार, २२ असार २०८३

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ


काठमाडौं । सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको अभियाेगमा रक्षा मन्त्रालयमा कार्यरत एक अधिकृत पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत वर्ष ५५ का सुरेन्द्र भट्टलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी बस्ने भट्टले सोही नगरपालिकाको वडा नम्बर २ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग देखाएका थिए ।

पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ