आइतबार, ०७ मंसिर २०८२

अपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन : महेश बस्नेत


काठमाडौं ।  एमाले  पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकता र अपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा जेनजी युवाले रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गरेपछि सामाजिक सञ्जाल फेशबुकमा बस्नेतले लेखका छन्  ‘आक्रमण गर्ने प्रयाश गम्भीर र निन्दनीय छ । लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ । शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन ।’

साथै उनले प्रहरीको तत्परताप्रति प्रहरीलाई धन्यवाद दिएका छन् र हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ भन्दै उनले बाधाका बीच युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु भएको उल्लेख गरेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ