मङ्गलबार, १७ कात्तिक २०८३

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनालाई भ्रष्टाचार मुद्दा


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएकाे छ। मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले लगाएकाे छ भने ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व माधव घिमिरेलाई प्रतिवादी बनाएकाे छ । 

त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादी छन्।

त्यस्तै भूमि सुधार व्यवस्था विभागका तत्कालीन डीजी राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, तत्कालीन उपसचिवप बाबुराम खनाल, तत्कालीन शाखा अधिकृत सीताराम पोखुरेल, तत्कालीन नासु बुद्धिबहादुर कार्की तथा मालपोत अधिकृतहरू गरेर ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस गरिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ