बुधबार, १२ कात्तिक २०८२

संसद विघटनविरुद्ध रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन


काठमाडौं । प्रतिनिधिसभा विघटन एवं प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध परेका रिट माथि सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका छन् । ती सबै रिटमा आजदेखि एकमुष्टरूपमा प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको मागसहितको रिटहरू आएका छन् ।

भदौ २३-२३ को जेन-जी आन्दोलनपश्चात २७ गते सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीले लगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । कार्की सरकारलाई ६ महिनाभित्र चुनाव गराउने म्याण्डेट छ ।  फागुन २१ गते निर्वाचनकाे मिति घोषणा गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ