बिहिबार, १४ साउन २०८३

कांग्रेसकाे प्रश्न : हिजाे सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज किन माैन ?


काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली का‌ग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगन्जमा भएको झडपमा मृत्यु भएको घटनालाई लिएर प्रधानमन्त्रीको कार्यशैलीप्रति व्यक्त गरेकी छिन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र घटनाको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरिन्। 

नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको उनकाे भनाई थियाे । 

‘हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ?,’ उनले प्रश्न गरिन्। 

थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने बताइन्। नेपाली समाजको मुख्य शक्ति नै सद्भाव र सहअस्तित्व रहेको चर्चा गर्दै उनले कसैको उक्साहट वा घृणाको राजनीतिबाट प्रभावित नभई सामाजिक एकता र भाइचारा कायम राख्न सम्पूर्णमा अपिल गरिन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ