आइतबार, २५ जेठ २०८२

कांग्रेसले भन्याे- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे संलग्नता छैन


काठमाडाैँ। नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे कुनै संलग्नता नरहेकाे निष्कर्ष निकालेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा साेमबार बिहान बसेको पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री संलग्नता नभएको निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

उनले भिजिट भिसा प्रकरणमा संलग्न जाेसुकैमाथि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने कुरामा दुईमत नरहेकाे स्पस्ट पारे।

‘गृहमन्त्रीजीले भिजिट भिसा प्रकरणका सम्बन्धमा सविस्तार आफ्नाे कुरा राख्नुभयाे। आफ्नाे कुनै पनि हिसाबकाे संलग्नता नभएकाे बताउनुभयाे। हामीले उहाँकाे कुरालाई पूर्णरूपमा विश्वास गर्याैँ। साँच्चिकै भिजिट भिसा प्रकरणमा उहाँकाे कुनै संलग्नता छैन। तर जाे संलग्न छन्, तीमाथि कारबाही हुनुपर्छ, निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुईमत छैन’, बैठकपछि प्रवक्ता महतले भने, ‘त्यस्ताे खाले भिजिट भिसाकाे दुरूपयाेग गर्ने कुराहरू हाम्राे लागि मान्य छैन। जहाँसम्म गृहमन्त्रीजीको कुरा छ, उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी सबै विश्वस्त भयाैँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ