सोमबार, ०९ चैत २०८२

कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक बस्ने भएकाे छ ।

हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरिसकेकाले भोलिको बैठकमा सहभागी हुने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा पार्टी पराजित भएपछि गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । देउवा पक्षले बेग्लै केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ