- असार ०७, २०८०
काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध उजुरी दिएको छ ।
युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।
बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।
मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।
टिप्पणीहरू: