- असार ०७, २०८०
काठमाडाैं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
टिप्पणीहरू: