- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ३ मन्त्री नियुक्त गरेका छन्।
मंगलबार कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले बुधबार ३ मन्त्री नियुक्ति गरेका हुन्।
गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त भएका हुन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ।
बागमती सरकारमा कांग्रेसबाट मन्त्री बनेका ५ जनाले राजीनमा दिएका थिए। त्यसपछि ५ मन्त्रालय मन्त्रीविहीन थिए। मुख्यमन्त्री लामाले उक्त रिक्त रहेकामध्ये तीन स्थान परिपूर्ति गरेका हुन्।
टिप्पणीहरू: