- असार ०६, २०८०
काठमाडौं । तिहारमा प्रयोग हुने सयपत्री फूल सर्वाधिक महंगो हुँदा उपभोक्ता मारमा परेका छन् ।
यसपाली एउटा मालाको सरदर मूल्य चार सय रुपैयाँ रहेको छ । फूलको थुँगा प्रतिकिलो आठसय रहेको छ । उपभोक्ताले फूल र माला महंगो भयो भनेर गुनासो गरिरहेको बेला व्यवसायीहरु फूल र माला नबिक्ने चिन्तामा छन् ।
सोमबार लक्ष्मीपूजाका अवसरमा प्राय सयपत्री फूल र मालाको कारोबार हुन्छ । ‘हिजोदेखि ल्याएको माला आजसम्म आधा पनि बिक्री भएको छैन । यसपाली नराम्ररी घाटा लाग्ने भयो ।’ तरकारीको सट्टा फूलको माला बिक्री गर्दै आएका नयाँ वानेश्वरका व्यवसायी मनोज साउदले भने ।
अन्य बेला तरकारी बिक्री गर्दै आएका उनले हरेक तिहार छेकोमा माला र लक्ष्मीका तस्विर बिक्री गर्ने गर्छन् । यसपाली लक्ष्मीका तस्विर प िनगत वर्षको तुलनामा बिक्री नभएको जानकारी दिए ।
माला किनेर पसल सजाउने गरेका व्यवसायीहरु यसपाली माला सर्वाधिक महंगो हुँदा फूलको थुँगामा चित्त बुझाउन वाध्य भएका छन् । ‘मालाको मूल्य बढेकाले यसपाली फूलको थुँगाबाटै लक्ष्मीपूजा गर्न पर्ला जस्तो छ ।’ नयाँ वानेश्वरकै गल्मेश्वर स्टोरका सुजन पोखरेलले भने ।
तिहार चाँडै भएकाले फूल नफुलेकाले फूल महंगो भएको व्यवसायीको भनाई छ । फूल बिक्री गर्नका लागि व्यवसायिक रुपमा फूलखेती गर्दै आएका किसानहरु पनि चिन्तित छन् ।
टिप्पणीहरू: