सोमबार, ०३ कात्तिक २०८२

विपीन जोशीको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाइन्


काठमाडौं । हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् । कार्कीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, जोशीको पार्थिव शरीर आज अपरान्ह २:३५ बजे इजरायलबाट काठमाडौं ल्याइएको हो । विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले जोशीप्रति श्रद्धाञ्जली अर्पणसँगै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना जनाइन् ।

शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि इजरायली राजदूत लगायत पुगेका थिए ।

जोशीको शवलाई आजै विमानमार्फत धनगढी लगिनेछ र त्यहाँबाट उनको गृहजिल्ला कञ्चनपुरस्थित घरमा पुऱ्याउने व्यवस्था मिलाइएको छ । मृतक जोशीको शव नेपाल ल्याउन इजरायलस्थित नेपाली राजदूतावास र इजरायली सरकारले समन्वय गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ