- असार ०६, २०८०
काठमाडाैं । जेनजी अभियन्ता भावना राउतले महेश बस्नेत सवार गाडीमा जेनजी युवाले राताे मसी छर्केकाे सन्दर्भलाई निषेध नभए विराेध भनेर टिप्पणी गरेकी छिन् ।
आइतबार महेश बस्नेत बिराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रंग फ्याकेका छन्। भावना लेख्छिन् 'युवाको बुझाइ स्पष्ट छ सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ। राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ।'
सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तिमा नागरिक सरकार भएको बेला नआओस् भन्दै उनले भनेकी छिन् 'हामीले राज्यलाई ताकेको न्यूनतम अपेक्षा न्याय, जवाफदेहिता, र जिम्मेवारी यति मात्रै पूरा गरिदेऊ, अनि सडक आफैं निको हुन्छ।'
टिप्पणीहरू: