आइतबार, २५ जेठ २०८२

भारतमा प्रकृति लम्सालको मृत्यु प्रकरण: केआइआइटीका कर्मचारीहरु निलम्बित


काठमाडाैँ। नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युकाे घटनामा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयका कर्मचारीहरुलाई निलम्बित भएका छन्।

केआइआइटीले बुधबार एक जारी गरेको विज्ञप्तिमा गर्दै होस्टलका दुई वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरिएको जनाएकाे छ। यसैगरी केआइआइटीले दुई जना सुरक्षाकर्मीलाई तत्काल बर्खास्त गरिएको जनाएकाे छ।

कर्मचारीहरूले सक्रिय रूपमा विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्कन आग्रह गरिरहेकाे विज्ञप्तिमा उल्लेख छ।

‘केआइआइटीका अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो खेद प्रकट गर्दछन्। दुई जना सुरक्षाकर्मीलाई तत्काल बर्खास्त गरिएको छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘होस्टलका दुई वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई विस्तृत अनुसन्धान नभएसम्मका लागि निलम्बन गरिएको छ । कर्मचारीहरूले सक्रिय रूपमा विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्कन आग्रह गरिरहेका छन्।’ 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ