शुक्रबार, १६ साउन २०८२

'पाँडे' काे निर्देशनमा बन्ने ‘झरीपछिको इन्द्रेणी’ मा बालेनकाे र्याप


काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज शुभ मुहूर्त गरिएको छ । ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन ।

चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ भने पटकथा गणेश कार्कीको रहेको छ ।

निर्माण पक्षको अनुसार चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्‍याप रहने छ ।

अर्जुनकाे टिमले यस अघि 'लाजशरणम' बनाएका थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ