- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्।
उनी झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुँने तयारीमा छन् । झापा जानुअघि उनले मधेस प्रदेशबाट आफ्नो चुनावी यात्रा सुरू गरेका हुन्। कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार उनले राजीनामा दिएपछि जनकपुरधाम गएका थिए।
सोमबार बिहानै उनले जानकी मन्दिर पुगेर पूजा गरेका थिए। त्यस्तै, सिरहाको लहान पुगेर मधेस आन्दोलनका सहिदको शालिकमा माल्यार्पण समेत गरेका थिए। आजै बेलुकासम्म झापा पुग्ने कार्यक्रम रहेकाे छ ।
टिप्पणीहरू: