- असार ०६, २०८०
 समयआवाज संवाददाता
                                    
                                       समयआवाज संवाददाता
                                    
                                    
                                 
                               
काठमाडाैं । एक वर्ष अघि सिंहदरबार जलाउछु भन्ने अभिव्यक्ति दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचामा गाड्ने धम्कि दिएका छन् ।
काठमाडाै महानगरपालिकाका कर्मचारीले तीन महिनदेखि तलब नपाएकाे भन्दै अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् ।
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’
उनले दलका नेताप्रति भएका संकेत गर्दै भनेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !’
याे पनि
बालेनको मिसन: ०८४ मा महानगर कब्जा, ०८९ मा प्रधानमन्त्रीको उम्मेदवार
टिप्पणीहरू: