- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् ।
समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकाे प्रतिस्पर्धा हुने भएकाे छ ।
टिप्पणीहरू: