- असार ०६, २०८०
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएको छन् । पार्टी सभापति शेरबहादुर देउवासंग बूढानीलकण्ठमा कुराकानी भएपछि उनी राजीनामा दिने तयार भएका हुन् ।
लामाले राजीनामा दिएपछि बागमती कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाकाे नेतृत्वमा नयाँ सरकार बन्ने भएकाे छ ।
दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राख्दा कांग्रेस नेतृत्व अप्ठ्याराेमा परेकाे थियाे । पार्टी सभापति देउवाले पहल गरेपछि गाँठाे फुेकेकाे छ ।
टिप्पणीहरू: