आइतबार, २५ जेठ २०८२

राजावादीकाे प्रदर्शनमा तीनकुनेमा ट्राफिक लाइट फुटाउने पक्राउ


काठमाडौं । राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेमा ट्राफिक लाइट फुटाएकाे आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

 तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो । तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।

यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।

त्यस्तै साेही दिनकाे प्रदर्शनीमा संलग्न एनी कुँबरलाइ पनि पक्राउ गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ