बिहिबार, १४ साउन २०८३

सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका अर्का युवककाे मृत्यु


विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारकाे क्रममा मृत्यु भएको छ । उक्त घटनामा मृत्यु हुनेकाे संख्या दुई पुगेको छ ।

विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई विहीबार दिउसाे चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ