मङ्गलबार, ११ कात्तिक २०८२

आयाेजकले हेपेकाे भन्दै बीचैमा कार्यक्रम छाडेर अमेरिकाबाट फर्किइन् एलिना चाैहान


काठमाडाैं । गायिका एलिना चाैहानले अमेरिका टुरबाट फर्केपछि असन्तुष्टि व्यक्त गरेकी छिन् ।

फ्लाई नेपाल ट्राभल्सकाे आयाेजनामा अमेरिकाकाे विभिन्न शहरमा भएकाे ‘अब सुन्छ अमेरिका’ शीर्षककाे कार्यक्रममा सहभागि हुन पुगेकी एलिना आयाेजकसँग विवाद भएपछि आफ्नै टिकटमा बीचैमा कार्यक्रम छाडेर फर्किएकी छिन् । 'यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।' उनले फेशबुकमा लेखेकी छिन् ।

आयाेजक कलाकारकाे संरक्षक हुनुपर्ने भन्दै उनले मालिककाे व्यवहार गरेकाे बताइन् । साेही कार्यक्रममा सहभागि कला लम्साल पनि केही दिन अघि आयाेजककाे व्यवहार चित्तबुझ्दाे नभएकाे भन्दै फर्किएकी थिइन् ।

उनकाे स्टाटस यस्ताे छ

जस्तो छ, त्यस्तै भन्छु यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो।
कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो। 😔
एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। 
कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।
नराम्रा अनुभवले धेरै कुरा सिकायो -अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ