- असार ०६, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले नेता विमलेन्द्र निधिलाई घेरेर नाराबाजी गरेका छन्।
मंगलबार सानेपस्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका निधिलाई बाहिर विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले घेराउ गरेका हुन्।
कार्यकर्ताहरूले घेरेर उनलाई ‘विशेष महाधिवेशन हुन्छ कि हुँदैन दाइ?’ भन्दै प्रश्न गरेका थिए। त्यसक्रममा पूर्वउपसभापतिसमेत रहेका निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो।
टिप्पणीहरू: