- असार ०६, २०८०
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढेको छ । नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ ।
सेयर बजार झिनो अंक बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजनाको मूल्य १० प्रतिशत बढ्यो ।
१२३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ८ को स्थिर रह्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशत बढे ।
अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशत घटे ।
त्यस्तै दरमखोला हाइड्रो इनर्जीको ६.८८, भूगोल इनर्जीको ४.९९ तथा दोल्ती पावरको ४.२० प्रतिशत मूल्य बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशत घट्यो । इस्टर्न हाइड्रोपावरको ३.७०, बेस्ट फाइनान्सको ३.१८ तथा सुपर मादीको २.५० प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा छन् ।
टिप्पणीहरू: