- असार ०६, २०८०
काठमाडौं । अनामनगरको धोविखोला करिडोरमा रहेको साततले घर सरकारले डोजर चलाइएर भत्काएकाे छ । घरले केही सरकारी जमिन अतिक्रमण गरेकाे भन्दै डाेजर लगाएकाे हाे ।
घरधनी इन्द्र चाम्लिङले जग्गाको पूर्जा रहेको र नक्सापास भएर घर बनाएको बताएका छन् । उनले जग्गाको लालपूर्जा, नक्सापास लगायतका कागजात घरबाहिरै टाँसेका थिए ।
यति हुँदा हुँदै पनि अहिले सरकारी डाेजरले घर भत्काउन सुरु गरेकाे छ ।
टिप्पणीहरू: