बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



रत्ननगरका वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ
शुक्रबार, २२ जेठ २०८३

रत्ननगरका वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ


सांकेतिक तस्बिर

चितवन। पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन्।

उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल रहेका छन्।

यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्।

उनीहरुको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उनले बताए। उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ