बुधबार, ०४ चैत २०८२

भारतमा एक घरमा आगलागी, ७ जनाको मृत्यु


नयाँदिल्ली। भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुष्टि गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ।

दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समयअनुसार बिहान करिब चार बजे भएको हो।

अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिएपछि घटनास्थलबाट सात जनाको शव बरामद गर्नुका साथै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

प्रहरीका अनुसार विद्युतीय कारको चार्जरमा सर्किट सर्ट भएका कारण आगलागी भएको हो।

विस्पोट हुँदा नजिकै राखिएका पेट्रोलियम सिलिन्डरमा आगलागी हुँदा घरभित्र छिटै आगो फैलिएको जनाइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ